नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज र भोलि सेयर कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
नेप्सेले सार्वजनिक गरेको सूचनामा हाल देखिएको प्रतिकूल परिस्थिति र कारोबारी सदस्य तथा लगानीकर्ताको आग्रहका कारण सिक्युरिटिज लिस्टिङ एण्ड ट्रेडिङ नियमावली, नियम २१ (१) बमोजिम २०८२ भदौ २५ र २६ गते (२०२५ सेप्टेम्बर १० र ११) का दिन कारोबार रोकिएको उल्लेख छ।
पुँजी बजारमा देखिएको अवरोधलाई मध्यनजर गर्दै सुरक्षात्मक कदमस्वरूप यस्तो निर्णय गरिएको नेप्सेले जनाएको छ।