अझै निभेको छैन् चुच्चेपाटीस्थित भाटभटेनीमा लगाइएको आगो

काठमाडौं । चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ ।

प्रदर्शनकारीले चुच्चेपाटीलगायत कोटेश्वर र भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका थिए ।