नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको गठबन्धन सरकार स्वार्थ समूहको सेवामा तल्लीन भएकै कारण जनताको आक्रोश चरममा पुगेको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन् कि १४ महिनाअघि कांग्रेस र एमालेले सुरु गरेको असंवैधानिक गठबन्धनको परिणाम आज सर्वसाधारण सामु दुःखद रुपमा देखिएको छ। उनले थपे, “भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो।”
प्रचण्डले जेनजी पुस्ताका युवाहरूको आवाजलाई सरकारले बर्बर तरिकाले दमन गरेको आरोप लगाउँदै यसलाई ‘भयानक नरसंहार’ भएको बताएका छन्। उनले भने, “सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो, तर सरकारले पहिलो दिनमै बर्बर दमन र नरसंहार मच्चायो।”