रवि लामिछानेसहित सबै कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको आह्वान

गत भदौ २३ गतेदेखि सुरु भएको दुई दिनको जेनजी आन्दोलनपछि देशभर भएको प्रदर्शनमा फरार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सबै कैदीबन्दीलाई प्रहरी सम्पर्कमा जान आह्वान गरिएको छ।

बिहीबार प्रहरीले एक सूचना जारी गर्दै नेपाल प्रहरीका कार्यालय र इकाईहरू तथा कारागार कार्यालयमा भएको तोडफोडसँगै आगजनीपश्चात् फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरिएको हो।

अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदी बन्दीहरू भागी, निस्केकाले त्यस्ता अभियुक्त र कैदी बन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको

स्थानीय कार्यालयमा समेत यथाशीघ्र सम्पर्कमा आउनु हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ। जेनजी आन्दोलनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित पूर्वगृहमन्त्री लामिछाने फरार भएका थिए।

देशभरबाट झदै एघार हजार कैदीबन्दी फरार रहेको सूचना बाहिर आएको थियो ।