नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने भएकी छन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनले संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गर्दै आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताए ।
संसद विघटन, राष्ट्रपतिद्धारा घोषणा
उनले मन्त्री कति जना बन्ने भन्नेचाहिँ नाम आउन बाँकी रहेको बताए । तर, सबै प्रक्रिया ९ बजे पूरा भएर शपथ हुने र त्यसपछि संसद् विघटनको सिफारिस मन्त्रिपरिषद्ले गर्ने उनले बताए ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।