वरिष्ठ पत्रकार एवं मधेस मामिलाका जानकार चन्द्रकिशोरका बुवा राजेन्द्र झाको निधन भएको छ । आज वीरगन्जस्थित निवासमा ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।
केही समयदेखि पिसाब सम्बन्धी रोगसँग जुध्दै उनी पर्साको वीरगन्जस्थित घरमा बस्दै आएका थिए । पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगन्जस्थित घरमै राखेका थियौँ, विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ, आज उहाँको स्वर्गवास भएको हो ।
रौतहट निवासी राजेन्द्र झा रौतहट निवासी हुन् ।