फाइल तस्बिर
नेपालको सुपरमार्केट चेन भटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ।
‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’
कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका साथ सेवा दिन फर्केको जनाएको छ। हालैको आन्दोलनका कारण भटभटेनीका केही स्टोरहरू बन्द गरिएका थिए। देशभर भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरहरू तोडफोड र आगजनीसमेत भएका थिए ।
कम्पनीले सबैलाई मिलेर उज्ज्वल र शान्त दिनहरूतर्फ अघि बढ्न पनि आह्वान गरेको छ।