रेशम चौधरीले नाउपा छोड्दै नयाँ पार्टी गठन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोड्ने घोषणा गरेका छन्। चौधरीले सामाजिक सञ्जालमार्फत आफूले नाउपा छोडेको जानकारी दिएका हुन्।

साथै, उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका छन्। राजनीतिक विश्लेषकका अनुसार पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा उनको विवाद पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बढिरहेको अवस्थामा यो निर्णय आएको हो।