प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता सिफारिस गरेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएपछि उनले कार्यभार सम्हाल्न पाउनेछिन्।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गतेदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि बराल सिफारिस भएकी हुन्।
उनले राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरिसकेकी छन्।
यो नै इतिहासमा पहिलो पटक महिला महान्याधिवक्ता सिफारिस भएको हो ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            