आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले बढेको छ।
विदेशमा गएका नेपालीहरुले साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ नेपाल पठाएका हुन्।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३६ अर्ब ६० करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८ अर्ब ८ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३ हजार ६४४ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन (फोटो-फिचर)