सरकारले जेन-जी आन्दोलनको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।
सरकारले जेनजी स्मारक पार्क बनाउने भएको छ ।
आज सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यही भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनको सम्मानमा स्मारक पार्क बनाउने निर्णय गरेको हो ।
सरकारले यही असोज १ गते शोक बिदा दिने भएको छ ।
यस्तै सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।