अकुत कमाएको मन्त्रीले सेवासुविधा नलिने घोषणा गरेको विप्लवको आरोप

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरे ।

मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विप्लवको भने फरक धारणा छ । उनले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘मन्त्रीहरुले सोमबार भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’

विप्लव यत्तिमै रोकिएनन् । उनले थप व्याख्या गर्दै भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । ‘यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’

यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । त्यसैले उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’

झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ