विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।
किन मनाइन्छ यो दिवस ?
सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसबेलादेखि प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई सुरक्षात्मक ओजोन तहको संरक्षणको महत्त्वमा समर्पित गरिएको छ।
ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।
विश्व ओजोन तह बचाउ दिवस विश्व ओजोन तह बचाउ दिवस २०२५ को नारा “From Science to Global Action” यो विषयले देखाउँछ कि वैज्ञानिक अनुसन्धानले कसरी ओजन तह संरक्षणको लागि वैश्विक पहलमा रूपान्तरण गर्यो। ओजन तहलाई नष्ट गर्ने रासायनिक पदार्थहरू (जस्तै CFCs) नियन्त्रण गर्न Montreal Protocol लागू गरियो, जुन ऐतिहासिक अन्तर्राष्ट्रिय सहमति हो।
हाम्रो पात्रोबाट साभार