सरकारद्वारा असोज १ लाई शोक दिवस घोषणा, सहादतप्राप्तलाई राष्ट्रिय सम्मान

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई शोक दिवसको रूपमा मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गर्ने निर्णय गरेको छ। मृतकका परिवारलाई १५ लाख रुपैयाँ सहयोग प्रदान गरिने पनि बैठकले जनाएको छ।

त्यस्तै, आन्दोलनका क्रममा भएको धनजनको क्षति र ज्यादतीको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

सहादतप्राप्तको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। यसले भावी पुस्तालाई सहादत र संघर्षको स्मरण गराउने उद्देश्य राखिएको छ।