नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
प्रचण्डले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्।
जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि मंगलबार उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए।
‘क्षति त पुर्याइयो, पुग्यो,’ प्रचण्डले भने, ‘तर, अब म के भन्न चाहन्छु भने सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन बनाइनेछ।’
जेनजी आन्दोलनपछि केही दिन सैनिक ब्यारेकमा रहेका उनी पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी भएका हुन्।
नेताहरूसहित कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे।
अकुत कमाएको मन्त्रीले सेवासुविधा नलिने घोषणा गरेको विप्लवको आरोप