भदौ २३ गतेको कारोबार राफसाफ र फछर्यौट स्थगन

काठमाडौं गत सोमबार भदौ २३ गतेको धितोपत्र कारोबारको राफसाफ र फछर्यौट प्रक्रिया अनिश्चित भएको छ । नेपालका प्रमुख सेयर बजार व्यवस्थापक सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी (सिडिएसी) ले सोमबारको कारोबारको राफसाफ र फछर्यौट स्थगन गरिएको जानकारी दिएको छ ।

सिडिएसीले सूचना मार्फत धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट प्रक्रिया, विनियमावली २०६९ को विनियम २८ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण काठमाडौंमा तोडफोड र आगजनीका घटनाहरूले दलालको भुक्तानी प्रणालीमा प्राविधिक समस्याहरू सिर्जना गरेको थियो ।

स्टक ब्रोकर एसोसिएसन नेपालले सिडिएसीलाई पत्रचार गरेर कारोबार राफसाफ स्थगन गर्न अनुरोध गरेका थिए ।