जेनजी आन्दोलनका कारण स्थगित भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार आगामी असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ। आन्दोलनपछि सेयर बजार कहिले खुल्ने भन्ने अनिश्चितता बीच नेप्सेले दोस्रो बजार खुल्ने जानकारी दिएको हो।
नेपाल धितोपत्र बोर्डले नेप्सेलाई असोज २ गतेदेखि धितोपत्रको दोस्रो बजार सञ्चालन गर्न निर्देशन दिएको छ। उक्त निर्देशनअनुसार असोज २ गतेदेखि नेप्सेमा नियमित कारोबार सुचारु हुनेछ।
जेनजी आन्दोलनको प्रभावले विगत केही सातादेखि सेयर कारोबार पूर्णरूपमा ठप्प भएको थियो। आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै लगानीकर्तामाझ उत्साह बढेको देखिन्छ।
नेप्सेले लगानीकर्ताहरूलाई सुरक्षित र व्यवस्थित कारोबार सुनिश्चित गर्न आवश्यक तयारी पुरा गरिएको जनाएको छ।