ई–७ भिसामा कोरिया जान अब रोक

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत ई–७ भिसामा कोरिया जाने नेपाली कामदारको प्रक्रिया रोकिएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार अब ई–७ भिसामा कोरिया जान नपाइने जनाएको हो।

विभागका अनुसार मन्त्रालयबाट ‘कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ कार्यान्वयन नगर्न आदेश प्राप्त भएपछि बीटुबी माध्यमबाट ई–७ भिसामा कामदार पठाउने योजना स्थगित गरिएको हो।

यसअघि ईपीएस प्रणालीमार्फत नेपाली कामदार विभिन्न सीपयुक्त श्रेणीमा कोरिया जाने व्यवस्था थियो। तर, नयाँ निर्देशनपछि अब उक्त भिसा मार्फत कामदार पठाउने प्रक्रिया तत्कालका लागि बन्द गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले कोरियामा रोजगारी खोज्ने नेपाली कामदारलाई वैकल्पिक जानकारीका लागि आधिकारिक स्रोतबाट मात्र अद्यावधिक सूचना हेर्न आग्रह गरेको छ।