बजारमा सुन–चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ, जसमा हिजोभन्दा १ हजार रुपैयाँको गिरावट आएको हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।

साथै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला चाँदीको मूल्य २ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ हजार ५ सय ९५ रुपैयाँको तुलनामा ४५ रुपैयाँले कम हो।