सरकारले कर बुझाउने म्याद असोज २५ सम्म लम्ब्यायो

सरकारले कर विवरण पेश गर्ने र राजश्व तिर्ने म्याद एक महिना लम्ब्याएको छ। भदौ २५ गतेसम्म बुझाउन नसकेकाहरू अब असोज २५ सम्म बिना जरिवाना कर बुझाउन सक्नेछन्। यसअन्तर्गत साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्क सम्बन्धी विवरण र तिर्नुपर्ने रकम बुझाउने म्याद थप गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार देशभर भदौ २३ र २४ गते लागू गरिएको कफ्र्यू र निषेधाज्ञाका कारण सरकारी कार्यालय बन्द भएका कारण करदाताले समयमै विवरण पेश गर्न र कर तिर्न नसकेको अवस्था आएको थियो।

मन्त्रालयले स्पष्ट पारेको छ कि असोज २५ भित्र कर बुझाउँदा कुनै अतिरिक्त शुल्क, जरिवाना वा दस्तुर लाग्ने छैन।