नेपाल राष्ट्र बैंकको ताजा तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो (मार्जिन) कर्जा उल्लेखनीय रूपमा बढेको छ। साउन महिनामात्रै करिब ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो महिनाको तुलनामा २.७ प्रतिशत वृद्धि हो।
साउन मसान्तसम्म कुल सेयरधितो कर्जा रकम १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म यो रकम १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो। यसरी हेर्दा एकै महिनामा झन्डै ४ अर्ब रुपैयाँ जति कर्जा थपिएको हो।
अघिल्लो वर्षको साउनको तुलनामा यो वृद्धि अझै चकित पार्नेछ। २०८० साउनमा कुल सेयरधितो कर्जा ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ मात्र थियो, जसअनुसार वार्षिक आधारमा ५८.०६ प्रतिशतको वृद्धि देखिएको छ।
सिमानुसार कर्जा विवरण
-
५ लाखदेखि १ करोड रुपैयाँ सीमाको कर्जा: ५.५५% वृद्धि। असार मसान्तसम्म १६ अर्ब २ करोड ९७ लाख, साउनमा बढेर १६ अर्ब ९१ करोड ७४ लाख। साउनमा मात्र ८८ करोड ७६ लाख कर्जा प्रवाह।
-
२५ लाख रुपैयाँ सीमाको कर्जा: सबैभन्दा उच्च ६.७% वृद्धि, साउनमा ५४ करोड ५६ लाख कायम।
-
१ करोड रुपैयाँभन्दा माथिको कर्जा: २.९% वृद्धि। साउनमा २ अर्ब ८७ करोड ७९ लाख थपिँदा कुल रकम १ खर्ब १ अर्ब ८० करोड ५८ लाख पुगेको छ। गत असारमा यो ९८ अर्ब ९२ करोड ७९ लाख थियो। गत वर्षको सोही अवधिमा भने मात्र ५८ अर्ब १० करोड २२ लाख थियो।
-
२५ देखि ५० लाख रुपैयाँ सीमाको कर्जा: केही कमी। असारमा १७ अर्ब ५६ करोड ६१ लाख, साउनमा घटेर १७ अर्ब ८ करोड ७४ लाख।