गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।