पेन्सिलभेनियामा गोलीकाण्डमा तीन प्रहरी मृत्युदण्ड

बुधबार दिउँसो २ बजे अमेरिकाको पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिप, योर्क काउन्टीमा भएको गोलीकाण्डमा तीन जना प्रहरीको हत्या भएको छ। घटना स्कुल नजिकै भएको थियो।

प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ। यस घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन्। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ भने गोली चलाउने व्यक्ति र घटना सम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन।

प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय गरिएको छ।