प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभावमा जेनजेड आन्दोलन : प्रचण्ड

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको जेनजेड आन्दोलन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था भएन भने हुनै नपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय, पारिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले २०७२ सालको संविधान निर्माणको समयमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गर्न नसकिएको कारण अहिलेको परिस्थिति उत्पन्न भएको स्मरण गरे।

उनले भने, “राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता थियो। सहमति नभएकै कारण यस्तो आन्दोलन भयो। यदि सहमति भएको भए जेनजेड आन्दोलन हुन्थेन र ठूलो क्षति पनि हुनबाट रोकिन्थ्यो।” प्रचण्डले जेनजेड आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र पहिचानसम्बन्धी मुद्दामा उचित ध्यान दिनुपर्ने आवश्यकता देखाएको पनि उल्लेख गरे।

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार