अमेरिका भन्छ–संविधान दिवसमा नेपालप्रति समर्थन जारी

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार

अमेरिकाका विदेश सचिव मार्को रुबियोले संविधान दिवसको अवसरमा नेपालप्रति शुभकामना व्यक्त गर्दै अमेरिकाले नेपालको लोकतान्त्रिक प्रक्रियामा निरन्तर समर्थन रहने बताए।

रुबियोले आफ्नो वक्तव्यमा आगामी निर्वाचनको तयारीको सन्दर्भमा संविधानको पूर्ण पालन गर्ने पारदर्शी सरकार आवश्यक रहेको औँल्याए। उनले हालैका प्रदर्शनका क्रममा जीवन गुमाएका तथा घाइते भएका परिवारप्रति समवेदना प्रकट गरे।

उनले भने, “नेपालका जनताले आर्थिक विकास, क्षेत्रीय सुरक्षा र समृद्धिको भविष्य पाउनुपर्छ।” रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेशन कंम्प्याक्टमार्फत नेपालको यातायात र ऊर्जा पूर्वाधार विस्तार, रोजगारी सिर्जना, दीर्घकालीन आर्थिक वृद्धि, अमेरिका-नेपाल सम्बन्ध सुदृढीकरण र अमेरिकी व्यवसायका लागि अवसर सिर्जना भएको पनि उल्लेख गरे।

रुबियोले संयुक्त राज्य अमेरिका नेपालसँग दक्षिण एसियामा स्थिरता प्रवर्द्धन गर्न र सुरक्षित विश्व निर्माणमा नजिकको सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार