नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ ।
दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ ।

खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।


