राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब यथावत रहेको कारण नेपाल राष्ट्र बैंकले आज थप ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन गर्न ‘निक्षेप संकलन उपकरण’ मार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्ने बताएको छ। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने भएको छ।

इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमसम्मको बाँकी निःशेष रकम रहने गरी आवेदन भर्न पाइने व्यवस्था छ। निक्षेप संकलनको परिपक्वता तथा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने छन्। राष्ट्र बैंकले निक्षेप संकलन ब्याजदरमा मात्र नभई बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने जनाएको छ।