नेपाली बजारमा सुन–चाँदीको भाउ नयाँ उचाइमा

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य लगातार बढेको छ। गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेकोमा आइतबार १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार यो मूल्य २ लाख १६ हजार रुपैयाँ कायम थियो।

साथै चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज एकैदिन ४० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा २ हजार ६२० रुपैयाँ पुगेको छ। यस अघि भदौ ३१ गते चाँदीको मूल्य तोलामा २ हजार ५९५ रुपैयाँ रहेको थियो।