सुनको मूल्य फेरि बढ्यो, चाँदीले पनि नयाँ रेकर्ड तोड्यो

लगातार उकाली लागिरहेको सुनको मूल्य सोमबार पनि वृद्धि भएको छ। आइतबार प्रतितोला १,१०० रुपैयाँले बढेको सुनको मूल्य आज थप ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुनको मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ थियो।

साथै चाँदीको मूल्य पनि हालसम्मकै उच्च पुगेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँ बढेर सोमबार प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।