समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।
यस अवसरमा शाखाले तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गर्यो। शाखा प्रमुखले भने, “ग्राहकहरूको साथ र विश्वासकै कारण हामीले निरन्तर प्रगति हासिल गरेका छौं। आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ।”
कार्यक्रममा सहभागी प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, शाखाले भविष्यमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ।
समृद्धि फाइनान्सले हाल १३ शाखा मार्फत कारोबार गर्दै आएको छ र आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग, बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर. कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गर्दै आएको छ।
शाखाका अधिकारीहरूले यसको सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
