नवनियुक्त चार मन्त्रीद्धारा शपथ ग्रहण

नवनियुक्त चार मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा केहिबेरअघि शपथग्रहण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै ४ जना मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिनुभयो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।