एनएमबि बैंक–याडिया स्कुटरमा चाडपर्व छुट योजना

चाडपर्वको अवसरमा ग्राहकलाई अतिरिक्त सुविधा दिने उद्देश्यले एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा प्रतिएक स्कुटरमा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा मात्र उपलब्ध हुनेछ र चाडपर्वको समयमा सीमित अवधिसम्म लागू रहनेछ। ग्राहकले छुट प्राप्त गर्न शो–रुमलाई अग्रिम जानकारी गराउनुका साथै एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।

एनएमबि बैंकले यो योजना मार्फत हरित ऊर्जा र दिगो सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नगदरहित कारोबारलाई विस्तार गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको बताइएको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ।