मन्त्रिपरिषद सदस्य र निर्वाचन सम्बन्धि छलफल गर्न प्रधानमन्त्रीको प्रस्थान राष्ट्रपति भवनतर्फ

आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ।

आज विहान प्रधानमन्त्रीलाई भेटेका एक मन्त्रीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रधानमन्त्री कार्की अहिले केहिबेरमा राष्ट्रपतिको कार्यालय शीतल निवास जाने कार्यक्रम छ।

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा ६ महिनाभित्र अर्थात् फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने प्रमुख जिम्मेवारी छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज हुने भेटवार्तामा निर्वाचनलगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।

आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते राति कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्दै राष्ट्रपति पौडेलले उनकै सिफारिसमा लगत्तै संसद्प्र, तिनिधि सभा विघटन गरिसकेका छन्। कतिपयले यसमा संवैधानिक प्रश्न पनि उठाइरहेका छन्।

हालसम्म अन्तरिम मन्त्रिपरिषद्‌मा सदस्य संख्या ८ पुगेको छ ।