नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक राजकुमार राई नियुक्त भएका छन्। बनेपा नगरपालिका–८ स्थित संस्थाको केन्द्रीय कार्यालयको प्रतिनिधित्वमा राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संस्थाले मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार र ग्रामीण समुदायको वित्तीय पहुँच वृद्धिमा राईको अनुभवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।
