सरकारी मातहत रहेको विभिन्न सार्वजनिक संस्थानहरुमा तत्काल राजनीतिक नियुक्ती नहुने भएको छ ।
सार्वजनिक संस्थानका रिक्त प्रमुख पदमा स्थायी कर्मचारीलाई काजमा खटाइने भएको सरकारले जनाएको छ ।
सरकारले सार्वजनिक संस्थानहरूमा रिक्त रहेको कार्यकारी प्रमुख तत्काल नियुक्त नगर्ने भएको हो ।
सरकारले स्थायी कर्मचारीलाई काजमा खटाउने निर्णय गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्ले असोज ५ गते गरेको खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णयमा संस्थानमा रिक्त कार्यकारी प्रमुखमा सरकारी कर्मचारीबाटै काजमा खटाउने उल्लेख छ ।
‘सार्वजनिक संस्थानमा रिक्त रहेको कार्यकारी प्रमुख पदमा तत्कालका लागि नेपाल सरकारको स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाउने’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
