सरकारी सवारी साधनको पूर्ण बीमा अब अनिवार्य

सरकारले अब सबै सरकारी सवारी साधनमा कम्प्रिहेन्सिभ निर्जीवन बीमा अनिवार्य गर्ने निर्णय गरेको छ। असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्णय गर्दै अर्थ मन्त्रालयलाई सबै सरकारी सवारी साधन (नयाँ खरिद र पुराना) को पूर्ण बीमा गर्न निर्देशन दिएको छ।

यसअघि सरकारी सवारी साधनमा बीमा गरिएको थिएन। जसका कारण गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट ठूलो क्षति भएको थियो। बीमा नहुँदा ठूलो आर्थिक भार सरकारले बेहोर्नु परेको थियो। अबको निर्णयले यस्ता आर्थिक जोखिम कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।