गरिमा विकास बैंकबाट पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाइल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत नेपालमै पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

ग्राहकहरूले नजिकको शाखा कार्यालयमा पुगेर फारम भरेपछि सो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन्। भौतिक कार्ड नभई पूर्णतया मोबाइलमा आधारित यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कका कुनै पनि क्युआर कोडमा सजिलै भुक्तानी गर्न सक्ने सुविधा पाउनेछन्।

यस सेवामा रु.१०,००० देखि अधिकतम रु.१,००,००० सम्मको क्रेडिट सीमा उपलब्ध छ। ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम प्रयोग गर्न सक्नेछन्। साथै हिसाब राफसाफमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छ।

गरिमा विकास बैंकले यो सुविधा थप सुरक्षित र आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

हाल बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम मार्फत डिजिटल बैंकिङसहित सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।