आज विश्व पर्यटन दिवस मनाईयो

 

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।

विश्व पर्यटन दिवस २०२५ नारा“Tourism and Sustainable Transformation” पर्यटनलाई वातावरणमैत्री अभ्यासहरू प्रवर्द्धन गर्ने, स्थानीय समुदायलाई समर्थन गर्ने र मानिस र पृथ्वी दुवैका लागि दीर्घकालीन लाभ सिर्जना गर्ने सकारात्मक परिवर्तनको चालकको रूपमा देखाउँछ। यसले पर्यटनलाई अझ जिम्मेवार, समावेशी र भविष्यका लागि तयारी भएको बनाउनेमा जोड दिन्छ।