विभिन्न प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षा हुने

आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,

आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : कोसी प्रदेश र मधेस प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव भए पनि कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।

मौसम महाशाखाले यहाँ दिउँसो शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।