सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो ।
सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ ।
शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस २०२५ को नारा”Ensuring Access to Environmental Information in the Digital Age” यसले मानिसहरूले सजिलै अनलाइन वातावरणीय जानकारी प्राप्त गर्न सकुन् र सचेत निर्णय गरी दिगो भविष्यको लागि पारदर्शिता सुनिश्चित गर्न सकून् भन्ने महत्वलाई उजागर गर्दछ।
