मुक्तिनाथ क्यापिटलको ९% नगद लाभांश पारित

मुक्तिनाथ क्यापिटल लिमिटेडको १६ औँ वार्षिक साधारणसभा असोज १० गते आरण्य बुटिक होटल, हात्तीसारमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष समीर शेखर बज्राचार्यले गरेका थिए।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण गर्न एनविएसएम एन्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

बैठकले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी अनुमोदन गरेको कम्पनीले जनाएको छ।