नेपाली बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि

आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ७०० रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ प्रति तोला थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले बढेर २ हजार ८१० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ प्रति तोला थियो।