सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँको समापन भएको छ ।

समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो ।

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।