आज विश्व मुस्कान दिवस

  • Clock icon
    २०८२ आश्विन १७, शुक्रबार

विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ ।

सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् ।

तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।

विश्व मुस्कान दिवस २०२५ को नारा “Do an act of kindness” हामी सबैमा सकारात्मकता र दयालुता फैलाउन प्रोत्साहित गर्दछ ।

 यसले सन्देश दिन्छ कि सानो सहयोग, सानो सहायता, वा सानो मुस्कान पनि कसैको दिन उज्यालो बनाउन सक्छ।

एक व्यक्तिलाई मुस्कान दिन सक्ने कुनै पनि सानो कार्य – जस्तै सहयोग गर्नु, प्रशंसा गर्नु, वा मात्र समय दिनु – ठूलो फरक पार्न सक्छ।