आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ ।
यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।
कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ ।
अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।
हाम्रो पात्रोबाट साभार
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            