नेपालीहरूको महान चाड विजया दशमी सम्पन्न भएपछि मंगलबारदेखि शेयर कारोबार पुनः सुरु हुँदैछ। दशैंको अवधिमा बन्द रहेको नेप्से (Nepal Stock Exchange) मंगलबारबाट नियमित रूपमा सञ्चालनमा आउनेछ।
दशैं अघिको अन्तिम कारोबार दिन आइतबार अर्थात् असोज १२ गते नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो। सो दिन नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो। यससँगै लगानीकर्तामाझ बजारप्रति सकारात्मक धारणा देखिएको थियो।
सामान्यतया चाँडपर्वको समयमा सेयर कारोबार सुस्त हुने प्रचलन रहँदै आएको छ। तर यस वर्ष दशैंअघि देखिएको वृद्धि प्रवृत्तिलाई ध्यानमा राख्दै मंगलबार बजार खुल्ने पहिलो दिन पनि उकालो लाग्ने अपेक्षा गरिएको छ।
