मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ हजार ३०० रुपैयाँ बढेर २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसरी लगातार मूल्य वृद्धिसँगै सुनको बजारमा नयाँ कीर्तिमान कायम भएको छ।
यता चाँदीको मूल्य स्थिर रहँदै आएको छ। आज चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ, जुन सोमबारको मूल्यसँग मेल खान्छ।
