लिबर्टी माइक्रो लाइफको उपहार : बीमामा बिलम्ब शुल्कमा १००% छुट

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना ग्राहकहरूका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना घोषणा गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै गत भदौ १५ गतेदेखि सुरु भएको यो विशेष छुट सुविधा मंसिर मसान्तसम्म मात्र लागू हुने जनाएको छ। यस अवधिभित्र बीमालेख नवीकरण वा पुनःसक्रिय गर्ने ग्राहकहरूले कुनै पनि बिलम्ब शुल्क तिर्नु नपर्नेछ।

लिबर्टी माइक्रो लाइफले बीमितहरू, अभिकर्ता तथा सरोकारवालाहरुलाई यो अवसरको अधिकतम लाभ लिन आग्रह गर्दै भनेको छ — “समयमै बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी हो, यो छुट योजनाले ग्राहकलाई सजिलो र प्रेरणा दुवै प्रदान गर्नेछ।”

कम्पनीका अनुसार यो पहलले लामो समयदेखि निष्क्रिय बीमालेख पुनःसक्रिय गर्न सहयोग पुर्‍याउनेछ र बीमितहरूको सुरक्षामा निरन्तरता सुनिश्चित गर्नेछ। बीमा उद्योगका विज्ञहरूले पनि लिबर्टी माइक्रो लाइफको यो कदमलाई ग्राहकमैत्री र नवीकरण प्रोत्साहक नीतिका रूपमा स्वागत गरेका छन्।

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार