एनआईसी एशिया बैंकका ग्राहकलाई आँखा उपचारमा १०% छुट

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार

एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले वीरगंजस्थित उक्त अस्पतालमा आँखा उपचार गर्दा डिजिटल भुक्तानीमार्फत १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सुविधाअन्तर्गत ग्राहकहरूले ओपिडी, डाइग्नोस्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र नन-ब्राण्डेड अप्टिकल सेवाहरू लिँदा छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले जनाएको छ कि यस सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा सहयोग पुर्‍याउने मात्र होइन, देशमा डिजिटल भुक्तानी प्रवद्र्धन गरी नगदरहित कारोबारमा पनि सहयोग पुग्ने विश्वास राखिएको छ।

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार