अब क्यासिनो लगायतका संस्थाले इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ कि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्रा कारोबार गर्न अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।
सूचनामा थप भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ अनुसार क्यासिनोलाई विदेशी मुद्रा कारोबारको इजाजत प्रदान गर्ने व्यवस्था गरिएको छ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            